एमाले चितवनको अध्यक्षमा पाठक विजयी – Nepal Press

एमाले चितवनको अध्यक्षमा पाठक विजयी

चितवन । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमार्फत पाठक एमाले चितवनको अध्यक्षमा चुनिएका हुन् । कूल खसेको ७२९ मतमध्ये पाठकले ६०६ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले ९३ मत ल्याए ।

उपाध्यक्षमा श्याम विष्ट विजयी भएका छन् । विष्टले ४०४ मत ल्याउँदा उनका प्रतिष्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मतमा चित्त बुझाए । सचिवमा युवा नेता प्रकाश ढुंगाना विजयी भएका छन् । ढुंगानाले ४६६ मत प्राप्त गरे भने उनिसँगै चुनाव लडेका पदमपाणी सुवेदीले २२१ मत ल्याए ।

त्यसैगरी, उपसचिव खुल्ला तर्फ मिन बहादुर परियार र महिलातर्फ ज्वाला पुरी (वन)विजयी भएका छन् । त्यसैगरी, सदस्यहरु तर्फ जिल्ला खुल्ला महिलामा इश्वरी शर्मा (ढकाल), विमला लामा र अञ्जुदेवी शर्मा (दाहाल) विजयी भएका छन् ।

जनजाति महिलातर्फ जुना तामाङ विजयी हुँदा जिल्ला युवा खुल्ला तर्फ डा. विनय शर्मा र देवप्रसाद पाठक विजयी भएका छन । त्यसैगरी खुल्ला अल्पसंख्यक तर्फ सदस्यमा पञ्चबहादुर प्रजा विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर