फोनिजले माग्यो मिलन लिम्बूको राजीनामा, कार्यवाहक महासचिवको जिम्मेवारी बलामीलाई – Nepal Press

फोनिजले माग्यो मिलन लिम्बूको राजीनामा, कार्यवाहक महासचिवको जिम्मेवारी बलामीलाई

काठमाडौं । आदिवासी–जनजाति पत्रकार महासंघ (फोनिज) ले रास्वपाबाट ईलाम २ मा उम्मेदवार बनेका महासचिव मिलन लिम्बूको राजीनामा मागेको छ । आज बसेको फोनिज सचिवालय बैठकले सो निर्णय गरेको हो ।

महासचिव लिम्बूले रास्वपाबाट उपनिर्वाचनमा उम्मेदवारी दिएकोबारे फोनिजलाई औपचारिक जानकारी गराएका छैनन् । फोनिजको विधानले कुनै पनि राजनीतिक दलमा आवद्ध हुन छुट दिए पनि चुनावमा उम्मेदवार बन्न रोक लगाएको छ ।

बैठकले लिम्बुलाई निर्वाचनका सफलताको शुभकामना दिँदै उनलाई महासचिव पदबाट मार्गप्रशस्त गर्न आग्रह गरेको छ । उनको स्थानमा सचिव समिर बलामीलाई कार्यबाहक महासचिवको जिम्मेवारी दिएको छ ।

फोनिजमा ६ जना सचिव छन् । उनीहरूमध्ये महाधिवेशनमा सर्वाधिक मत ल्याएका बलामीलाई कार्यवाहक बनाइएको हो ।

लिम्बूले राजीनामा नदिए निस्कासन गरिने फोनिज स्रोतले बतायो । यसअघि लिम्बू माओवादीनिकट प्रेस सेन्टरबाट निस्काशित भइसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर