इलामे जनताले चमत्कार गर्दैछन्, रास्वपाको भरोषा तोड्दिनँ: मिलन लिम्बू – Nepal Press

इलामे जनताले चमत्कार गर्दैछन्, रास्वपाको भरोषा तोड्दिनँ: मिलन लिम्बू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका इलाम- २ का उम्मेदवार मिलन लिम्बूले रास्वपा र इलामे जनताले गरेको विश्वास आफूले टुट्न नदिने बताएका छन् ।

उम्मेदवार घोषणा सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफूलाई रास्वपाले भरोषा गरेर उम्मेदवारको रुपमा उभ्याएकोप्रति आभार व्यक्त गरे ।

उनले भने, ‘इलामे जनताले चमत्कार गरेर मलाई जिताएर संसद भवन पठाउँदै हुनुहुन्छ । इलामे जनताको दुःखको पोको राखेर खुसी लिएर फर्कनेछु । यस पटक घण्टीमा मतदान गरेर आफूलाई सहयोग गरिदिन आग्रह गर्छु ।’

लिम्बूले आफू गरिब परिवारमा जन्मेको व्यक्ति भएकाले पैसाको खोलो बगाएर चुनाव जित्न नसक्ने बताए । आफूलाई दुःखमा अघि बढाउँदै समाजलाई कुनै न कुनै हिसाबले अघि बढाउनुपर्छ भन्ने लागेर आफू आएको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “इलामे जनताले चमत्कार गर्दैछन्, रास्वपाको भरोषा तोड्दिनँ: मिलन लिम्बू

  1. माओवादी भगुवाक‍ो फुर्ति हेर न फेरि । अर्को पटक काँग्रेस छिर्छ यो । यस्ता भगुवा जता खान र फाईदा हुन्छ त्यतै लाग्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर