संसदीय समितिले छलफलका लागि बोलायो गृह सचिव, प्रहरी र सीआईबी प्रमुखलाई – Nepal Press

संसदीय समितिले छलफलका लागि बोलायो गृह सचिव, प्रहरी र सीआईबी प्रमुखलाई

काठमाडौं । गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्नका लागि संसदीय समितिले गृह सचिव, प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई बोलाएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधवारको बैठकमा गृह मन्त्रालय सम्बद्ध विषयमा छलफल गर्न गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) श्यामलाल ज्ञवालीलाई बोलाएको हो ।

गृहसँग सम्बद्ध केही विषयमा गम्भीर रूपमै छलफल गर्नुपर्ने भएकाले गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको सीआईबी प्रमुखलाई समितिको बैठकमा बोलाउन लागिएको समितिका सचिव सुरजकुमार दुराले नेपाल प्रेसलाई जानकारी दिए ।

यसअघि राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य रहेका रवि लामिछाने अहिले उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारीमा छन् ।

समितिका तीन सदस्य अहिले सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा छन् । लामिछानेसँगै उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री र रघुवीर महासेठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका छन् । जसमा लामिछाने समितिको पदेन सदस्य रहने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *