काठमाडौंमा होली केन्द्रित सुरक्षा व्यवस्था: ९० ठाउँमा चेकिङ, ड्रोनबाट निगरानी (भिडिओ) – Nepal Press

काठमाडौंमा होली केन्द्रित सुरक्षा व्यवस्था: ९० ठाउँमा चेकिङ, ड्रोनबाट निगरानी (भिडिओ)

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्व केन्द्रित सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आइतबार पहाड र सोमबार तराईका जिल्लामा होली पर्व मनाइँदैछ ।

होलीको लागि प्रहरीले काठमाडौंमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले विगतका घटनालाई मध्यनजर गरेर होलीमा सुरक्षा प्रवन्ध मजबुत बनाएको बताए ।

काठमाडौंका ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङ हुने उनले बताए । एसएसपी खत्रीले सम्भावित घटना हुन नदिन भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गरिने बताए ।

होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न र सुरक्षित तथा संयमित भएर होली मनाउन उनले गरे ।

‘मादक पदार्थ सेवा गरी सवारी चलाउनेको संख्या अत्यधिक हुने गर्छ, झैझगडा, चोरी, पकेटमारी र सवारी दुर्घटना हुँदा ज्यानै जानसक्ने भएकाले त्यसलाई मध्यनजर गरेर संयुक्त रुपमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङ हुन्छ’, एसएसपी खत्रीले भने, ‘कुनै ठाउँमा केही घटना भयो भने तत्काल परिचालन गर्छौं र क्विक रेस्पोन्स टीमलाई साधनस्रोतयुक्त बनाएका छौं ।’

उनले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए प्रहरीलाई जानकारी दिनसमेत आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *