जगातिमा सवारी दुर्घटनापछि विशाल भण्डारीसहित दुईजना प्रहरी हिरासतमा – Nepal Press

जगातिमा सवारी दुर्घटनापछि विशाल भण्डारीसहित दुईजना प्रहरी हिरासतमा

सुशान बस्याललगायत ४ जना घाइतेको अस्पतालमा उपचार हुँदै

काठमाडौं । कमेडी च्याम्पियनका सञ्चालक तथा फिल्म निर्देशक विशाल भण्डारी सवारी दुर्घटनामा परेका छन् । उनीसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।

आज बिहान करिब ३ बजे भण्डारी सहितका ६ व्यक्तिहरू चढेको कार नगरकोटबाट फर्किने क्रममा जगातिमा विपरीत दिशाबाट आएको टिपरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका छन् । सुशानको अवस्था केही गम्भीर रहेको प्रहरी स्रोतले बतायो । विशाल भण्डारी र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ ।

दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल र पुजनमध्ये कसले गाडी चलाएको थियो भन्ने निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गाडीको अगाडि सिटमा विशाल र पुजन थिए । तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन् । कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको स्रोतले बतायो ।

हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *