कांग्रेसलाई ओलीको प्रश्न- पोहोर उफ्रिउफ्रि समर्थन गर्ने, अहिले किन नगर्ने ? – Nepal Press

कांग्रेसलाई ओलीको प्रश्न- पोहोर उफ्रिउफ्रि समर्थन गर्ने, अहिले किन नगर्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटक हौसियर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको कांग्रेसलाई अहिले पनि समर्थन गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘मैले प्रचण्डजीलाई प्रधानमन्त्री बनाएको थिएँ । कांग्रेस हौसिएर नयाँ ब्याट्री हालेजस्तो गरेर समर्थन गर्नुभएको छ । पोहोर समर्थन गर्न हुने अहिले चाहिँ किन नहुने ? पोहोर समर्थन गर्नुभएको थियो उफ्रिउफ्रि । त्यसबेला कांग्रेस सरकारमा त थिएन । भित्र के थियो । मलाई थाहा छैन । अस्ति रमेश लेखकको भाषणा सुन्दा त कांग्रेस छलछाम गर्दैगर्दैन नि होइन ?’

उनले कांग्रेसले राम्रो काम गरेको जस अरुलाई नदिने भएपनि नयाँ समीकरण बनाएको जस प्रचण्ड र आफूलाई दिन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर