अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने कल्पना गर्दैनन् : महामन्त्री थापा (भिडिओ) – Nepal Press

अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने कल्पना गर्दैनन् : महामन्त्री थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन् ।

आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताए ।

उनले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाने पनि बताए । केही नेताहरू मिलेर चुनावअघि गठबन्धन गर्नेकुराको अब अन्त्य भएको उल्लेख गर्दै उनले उहाँले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टिकरण गरेको बताए । उनले निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको पनि औँल्याए ।

महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाइएको भन्दै आपत्ति जनाए


प्रतिक्रिया

2 thoughts on “अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने कल्पना गर्दैनन् : महामन्त्री थापा (भिडिओ)

  1. पहिलो कुरा चुनाव अघिको गठबन्दन लोकतन्त्र बिरोधि निर्दलीय अभ्यास थियो, त्यो प्रतिगमनकारी अभ्यास थियो र त्येशाको नेतृत्व कांग्रेसले गरेको थियो !! यो तथ्य बोधभएको, आत्मासात गरेको, माफी मागेको र प्रायास्चित गरेको हो कांग्रेस माहामन्त्री ले !? सवाल यो हो : अण्ट सण्ट कुरा किन ?!

  2. गठबन्धनको जननी नेपाली काङ्ग्रेस लाई तत्वोबोध भयछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर