केन्द्र शासन सुरु भएपछि कास्मिरको अर्थतन्त्र बढ्यो : मोदी – Nepal Press

केन्द्र शासन सुरु भएपछि कास्मिरको अर्थतन्त्र बढ्यो : मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कास्मिरको शासन केन्द्रबाट भएपछि अर्थतन्त्र बढेको बताएका छन् । बीबीसीका अनुसार मोदीले कास्मिरको राजधानी श्रीनगरमा भएको एक राजनीतिक सभामा यस्तो बताएका हुन् । मोदीले सम्बोधन गर्दै भनेका छन्, ‘म तपाइँहरुको मत जित्न कठोर मेहनत गरिरहेको छु ।’

सन् २०१९ मा भारतीय सम्बिधानको ३७० सेक्सनको अन्त्य गरेर केन्द्रको मातहतमा ल्याइएको थियो । त्यस यता कास्मिरमा धेरै अर्थतन्त्रको विकास भएको भन्दै मोदीले यस्तो बताएका हुन् । भारतमा चुनाव हुनु केहि हप्ता मात्रै बाँकि हुँदा मोदी श्रीनगर पुगेका हुन् । सन १९४७ मा भारत स्वतन्त्र भएपछि भारतको अधिनमा आएको कास्मिरमा पाकिस्तानले पनि दाबी गर्दै आएको छ ।

तर, कास्मिरका राजाले भारतसँग गाभ्ने सम्झौता गरेकोले भारतले आफ्नो दाबी वैधानिक मान्दै आएको छ । सन् १९८० को दशकबाट कास्मिरमा सुरु भएको तनावबाट दशौँ हजारको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *