वर्षमान अर्थमन्त्री बन्ने निर्णयलाई शेयर बजारको स्वागत – Nepal Press

वर्षमान अर्थमन्त्री बन्ने निर्णयलाई शेयर बजारको स्वागत

काठमाडौं । बजार खुलेदेखि ओरालो झरेको नेप्से परिसूचक लामो उतारचढावपछि अन्तत: ९ अंकले बढेर बन्द भएको छ । नयाँ सरकारको अर्थमन्त्रीमा वर्षमान पुनको चर्चासँगै बजार बढेको हो ।

अघिल्लो दिन मङ्गलवार मात्रै ७० अंकले घटेको नेप्से परिसूचक बुधवार ९.३३ अंकले बढेको छ । यस दिन बजारमा ९१ लाख ३८ हजार १५४ कित्ता सेयरको खरिदबिक्री हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार मात्रै ११७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से परिसूचक मङ्गलवार ७० अंकले घटेर बन्द भएको थियो । मङ्गलवार बजारमा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार तीन पटक सर्किट लागेर कारोबार बन्द भएको थियो ।

आजको कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडको सेयर सकारात्मक सर्किटका सार्थ सर्वाधिक नाफामा रहेको छ ।

त्यस्तै, कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ३३ करोड ३७ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

One thought on “वर्षमान अर्थमन्त्री बन्ने निर्णयलाई शेयर बजारको स्वागत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर