माओवादीबाट शक्ति बस्नेत र रेखा शर्मा पहिलेकै मन्त्रालयमा दोहोरिने – Nepal Press

माओवादीबाट शक्ति बस्नेत र रेखा शर्मा पहिलेकै मन्त्रालयमा दोहोरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीनजना मन्त्री दोहोरिने भएका छन् । यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने मौका पाएका हुन् ।

प्रधानमन्त्रीनिकट स्रोतकाअनुसार श्रेष्ठको मन्त्रालय फेरिए पनि अन्य दुईजनाले पहिलेकै मन्त्रालय पाउने लगभग सहमति भएको छ । माओवादी केन्द्रीय सचिवालय बैठकमा कामको परफरमेन्सका आधारमा श्रेष्ठ नयाँ सरकारमा दोहोरिने हो भने बस्नेत र शर्मा पनि दोहोरिने प्रस्ताव आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर