गण्डकी : माओवादीले गरायो कांग्रेस सरकारमाथिको समर्थन फिर्ताको लिखित जानकारी – Nepal Press

गण्डकी : माओवादीले गरायो कांग्रेस सरकारमाथिको समर्थन फिर्ताको लिखित जानकारी

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलको नेता हरिबहादुर चुमानले प्रदेशसभा सचिव हरिराज पोख्रेललाई बुझाएका हुन् ।

यसअघि माओवादी केन्द्र गण्डकी संसदीय दलको बुधबार बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो ।

गण्डकीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबार नेकपा (माओवादी केन्द्र) का भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर