नयाँ गठवन्धनबारे निर्णय गर्न नेकपा एसले बोलायो सचिवालय वैठक – Nepal Press

नयाँ गठवन्धनबारे निर्णय गर्न नेकपा एसले बोलायो सचिवालय वैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज ३ बजे सचिवालय बैठक बोलाएको छ । अचानक बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले सत्ता समिकरणमा फेरबदल गरेसँग नेकपा एस कुन ध्रुव हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । माओवादी वैठकले आज नेकपा एसलाई पनि नयाँ समीकरणमा समेट्ने निर्णय लिएको थियो । यसैका विषयमा छलफल गर्न पार्टी कार्यालयमा बैठक डाकिएको हो ।

पार्टी महासचिव घनश्याम भुसालले भने, ‘हामी यसको यसको उद्देश्य र प्रक्रियालाई हेरेर आवश्यक निर्णय लिनेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर