कोशी प्रदेश नामकरणको एक वर्ष : कालोझण्डासहित काठमाडौंमा पहिचानवादीको जुलुस (भिडिओ) – Nepal Press

कोशी प्रदेश नामकरणको एक वर्ष : कालोझण्डासहित काठमाडौंमा पहिचानवादीको जुलुस (भिडिओ)

काठमाडौं । कोशी प्रदेशको नामकरणमा असन्तुष्ट रहेका पहिचानवादीहरूले राजधानीमा जुलुस निकालेका छन् ।

राजधानीको सडकमा कालोझण्डासहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदेशसभाले कोशी नामकरण गरेको एक वर्ष पुगेको छ । पहिचानवादीहरू लामो समयदेखि आन्दोलनमा छन् । यद्यपि केही दिनअघि पहिचानवादी र सरकारबीच सहमति पनि भएको छ ।


प्रतिक्रिया

2 thoughts on “कोशी प्रदेश नामकरणको एक वर्ष : कालोझण्डासहित काठमाडौंमा पहिचानवादीको जुलुस (भिडिओ)

  1. यी पहिचान खोज्दै हिड्ने मौसमी अभियन्ताहरु सहि अर्थमा पहिचान खोजेका हुन् कि कांग्रेस र प्रचण्ड अझ बिदेशीका कठपुतली हुन् ?! आफ्नै डम्फु र ताल तिनको : साच्चै पहिचान बनाउने र स्थापित हुने के गरेका छन् यिनीहरुले ?
    १. कत्ति वटा भासा पाठशाला चलाएका छन् वा माग गरेका छन् ? संस्कृति बचाउने कत्ति वटा संस्कृतिक केन्द्र बनाएका छन् वा बनाउन पहल गरेका छन् ??
    २. अर्को कुरा एउटा प्रदेशको नाम सबै कुरा हो ? सरकार, मन्त्रि … त्यो भन्दा अरु कुरा केहि हुन्न ?? उनीहरुले भने जस्तै बाहुनको सत्ता चलेको छ, सत्ता नै सबै कुरा हुने भए कुनै बाहुन गरिब हुने थिएन, कुनै बाहुन २ छाक जोडनको लागि बिदेशी भुमि चाहर्नु पर्ने थिएन !!
    ३. सत्ता बाहुनको हैन : टाठा बाठा, चतुरे, चण्डाल हरुको छ : सत्ताका साझेदार विभिन्न अनुहार छन् : बाहुन, राई, मगर, नेवार, कामी सबै !! तर ती सबै सामन्ती सोच र ऐस मा लिप्त छन् !!
    ४. सहि पहिचान खोज्नेहरुले नाकको उचाइ हेरेर वैमनस्यता साध्ने हैन आफु सबल हुने, पहिचान स्थापित गर्ने (भाषा र संस्कृति बिकास) तिर लाग्नु होस् !! भाषा पाठशाला, सांस्कृतिक केन्द खोल्नुस, त्यो गर्नको लागि स्थानीय देखि केन्द्र सम्म दवाब दिनुस !! स्थानीय रुपमा पहिचान संग जोडिएका ऐतिहाशिक कुरालाई उजागर गर्नु हुस !!
    ५. प्रदेश (१) को नाम राख्ने हो भने कुनै समुदाय वा समुहको बिबादित हुने नाम हैन स्थानीय पहिचान र ऐतिहाशिकता जोडिएको र यौटा पबित्र स्थलको चिनारी देखिने “खुवालुंग” राखम भन्नु होस् त !! मान्छे मर्ने सम्मको आन्दोलन गर्नु भयो त्येशको नाममा तर त्यो किन आउदैन अहिले ??

Leave a Reply to Nagendra Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर