बागमतीमा सरकारले गरेको सहमति तुरुन्तै कार्यान्वयन होस् : थपलिया – Nepal Press

बागमतीमा सरकारले गरेको सहमति तुरुन्तै कार्यान्वयन होस् : थपलिया

हेटौंडा । नेकपा एमाले बागमतीले सरकारले पुरक बजेटको सन्दर्भमा गरेको सहमतिलाई तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।

बागमती प्रदेशको मंगलबारबाट सुरु भएको हिउँदे अधिवेशनलाई शुभकामना व्यक्त गर्दै बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता जगनाथ थपलियाले सरकार र प्रतिपक्षी दलबीच विभिन्न चरणमा भएको सहमतिलाई तत्काल कार्यन्वयन गर्न माग गरेका हुन् ।

सत्तारूढ पार्टिले राजनीतिक बैमानी गरेको बताउँदै नेता थपलियाले बजेटको सन्दर्भमा भएका असमान वितरणलाई सच्याइनुपर्ने बताए । सदनलाइ सहज रुपमा संचालनको लागि आफुहरुले अनावश्यक माग नराखेको भन्दै उनले जायज माग पूरा गर्न सरकार प्रतिवद्द हुनुपर्ने बताए ।

सरकारले प्रतिपक्षलाई कमजोर आके त्यसको परिणाम भोग्न उनले सरकारलाइ चेतावनी समेत दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर