नेपाली एआई ल्याबका वैज्ञानिकले अन्तर्राष्ट्रिय ‘एमआईसीसीएआई च्यालेन्ज’ मा बनाए स्थान – Nepal Press

नेपाली एआई ल्याबका वैज्ञानिकले अन्तर्राष्ट्रिय ‘एमआईसीसीएआई च्यालेन्ज’ मा बनाए स्थान

काठमाडौं । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अध्ययन गर्ने नेपाल अप्लाइड म्याथमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी)ले तेस्रो वर्ष पनि अन्तर्राष्ट्रिय ‘एमआईसीसीएआई च्यालेन्ज’ मा स्थान बनाएको छ ।

एमआईसीसीएआई सोसाइटीद्वारा मेडिकल इमेजिङमा आयोजना हुने ‘एमआईसीसीएआई’ प्रमुख सम्मेलनमा नामीका अनुसन्धानर्ताहरु सन् २०२१, २०२२ र २०२३ गरी तीन वर्ष लगातार उत्कृष्ट ५ भित्र आफ्नो स्थान बनाउन सफल भएका हुन् ।

नामीका अनुसार सन् २०२१ मा ‘फिटरिग २०२१’ (प्लेन्टल भेसेल सेग्मेन्टेसन एण्ड रजिस्टेसन इन फिटोसोपी) च्यालेन्जमा रेवतीरमन गैरे र रोनास्ट सुवेदीले प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।

त्यस्तै सन् २०२२ मा भएको च्यालेन्जमा प्रणव पौडेल र श्रवण कुमार थापा पाँचौं स्थान हासिल गर्न सफल भएका थिए । सन् २०२३ मा सन्देश पोख्रेल र सञ्जय भण्डारीले दोस्रो स्थान हासिल गर्ने सफल भएका हुन् ।

नेपाली अनुसन्धानकर्ताहरुले विगत ३ वर्षदेखि लगातार ‘एमआईसीसीएआई’ (मेडिकल इमेज एण्ड कम्प्युटर एसिस्ट्ड इन्टरभेसन) आर्केड नामक अन्तर्राष्ट्रिय प्रतियोगितामा टप ५ भित्र लगातार पर्दै आएको नामीले जनाएको छ ।

एबरडिन विश्वविद्यालयका उपप्राध्यापक रहेका डा. विनोद भट्टराई नामीका सह-संस्थापक हुन् । डा. भट्टराईको नेतृत्वमा रहेको ‘बी भट्टराई मल्टीमोडल लर्निङ ल्याब’ का अनुसन्धानकर्ताहरु विगत ३ वर्षदेखि लगातार ‘एमआईसीसीएआई’ (मेडिकल इमेज एण्ड कम्प्युटर एसिस्ट्ड इन्टरभेसन) आर्केड नामक अन्तर्राष्ट्रिय प्रतियोगितामा टप ५ भित्र लगातार पर्दै आएका छन् ।

मेडिकल इमेजिङमा आयोजना हुने ‘एमआईसीसीएआई’ प्रमुख सम्मेलन जसलाई एमआईसीसीएआई सोसाइटीले बर्सेनि आयोजना गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *