गौतम बुद्ध साझेदारी वनको रुख कटानमा भ्रष्टाचार आरोपमा राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध मुद्दा – Nepal Press

गौतम बुद्ध साझेदारी वनको रुख कटानमा भ्रष्टाचार आरोपमा राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध मुद्दा

काठमाडौं। कपिलबस्तुको गौतम बुद्ध साझेदारी बनको रुख कटानमा अनियमितता गरेको आरोपमा राप्रपाका प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध विशेष अदालतमा मंगलबार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्कीलगायतलाई प्रतिवादी बनाएको छ।

हाल प्रदेश सांसद रहेका यादव गौतमबुद्ध साझेदारी वन ब्यवस्थापन समितिका तत्कालिन अध्यक्ष थिए।

६ वटा कटान प्लटको ३७ हजार क्यु फिट काठ निकाल्ने ठेक्का स्विकृत भएकामा व्यवस्थापन समिति र वन कर्मचारीको मिलेमतोमा केही काठहरु स्थानीय समिललाई विक्री गरेर अनियमितता गरेको आरोप लगाइएको छ।

कटान गरिएका रुखबाट कम परिमाणमा काठ उत्पादन भएको देखाएर करिब २९ लाख रुपैयाँ हिनामिना भएको अख्तियारको दावी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *