बालुवाटार जग्गा प्रकरण- विशेष अदालतबाट नेताले पाए सफाइ, ककसले पाए सजाय ? (फैसलाको पूर्णपाठ) – Nepal Press

बालुवाटार जग्गा प्रकरण- विशेष अदालतबाट नेताले पाए सफाइ, ककसले पाए सजाय ? (फैसलाको पूर्णपाठ)

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले नीतिगत निर्णय गर्ने तत्कालीन राजनीतिक नेतृत्वलाई सफाइ दिएर कर्मचारी तथा जग्गा किनबेचमा संलग्नलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतले बालुवाटारस्थित ललिता निवासले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरुलाई दोषी ठहर गरेको हाे ।

त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ । मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि दोषी ठहर गरेको छ ।

अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्री शमशेर राणालाई भने सफाइ दिएको छ ।

विशेषले कांग्रेस नेता विजय गच्छदारलाई मन्त्रालयले गरेको नीतिगत निर्णयका आधार मात्र उनको कसूर नदेखिएको भन्दै सफाइ दिएको छ । सोही प्रकरणमा पूर्वभूमिसुधारमन्त्रीहरु डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीले पनि सफाइ पाएका छन् ।


प्रतिक्रिया

2 thoughts on “बालुवाटार जग्गा प्रकरण- विशेष अदालतबाट नेताले पाए सफाइ, ककसले पाए सजाय ? (फैसलाको पूर्णपाठ)

  1. मुख्य दोषी माधव र बाबुरामले पहिले नै सफाई पाए । अहिले अरू नेताले । नेताले खाएको देशमा यस्तै हो ।

  2. फेरी चरितार्थ भयो उखान “ नेपालको कानुन दैबले जानुन” !! “ सानालाई ऐन ठुलालाई चैन !!
    हाय गठबन्दन, हाय प्रचण्ड सरकार : हाय सुशासन !!
    बेच्ने वा बेच्न पाउछस भनेर बाटो खोलि दिने सहि, पैसा तिरेर किन्ने मान्छे गलत !!
    कुन ठाउमा भाग मिलेन र यस्ता निरिह माथि जाइ लाग्यो गठबन्दन सरकार !! गलत नियत : भयांखर अपराध देश माथि !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *