पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो – Nepal Press

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

रूपन्देही । पाल्पाको तिनाउ गाउँपालिका वडा नं ६ शिखरडाँडामा मंगलबार साँझ भएको जिप दुर्घटनामा मृतकको संख्या १० पुगेको छ । मृतक सबैको सनाखत भएको छ ।

मंगलबार सांझ पौने ५ बजे भएको उक्त जिप दुर्घटनामा परि ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो भने १५ जना घाइतेको उपचार भइरहेको छ ।

मृत्यु हुनेहरुमा तिनाउ गाउँपालिका वडा नं ६ बस्ने वर्ष ६० कि यम कुमारी पन्थ, वर्ष ३९ को रामबहादुर अस्लामी, वर्ष ६७ को कृष्णबहादुर अस्लामी, वर्ष २८ की उर्मिला अस्लामी छन् उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसैगरी मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १४ तामनगर बस्ने वर्ष ७० को चन्द्र बहादुर रणपाल र वर्ष ६० कि तुना रणपाल छन् ।

त्यसैगरी पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं १ बस्ने बर्ष ६१ कि दिलकुमारी सुनार, वर्ष ६६ की बिष्णुकला कामी, तिनाउ वडा नं ६ बस्ने बर्ष २० कि गिता सुनारको उपचारको क्रममा मृत्यु भएको राजमार्ग सुरक्षा तथा टाफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *