स्पा संघ नेपालको अध्यक्षमा पुरी निर्वाचित – Nepal Press

स्पा संघ नेपालको अध्यक्षमा पुरी निर्वाचित

काठमाडौं । स्पा संघ नेपालको अध्यक्षमा सुरेश पुरी निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा आयोजित संघको तेस्रो साधारण सभामा उनी निर्वाचित भएका हुन् । अध्यक्ष पुरी ट्रयांक्विलिटी स्पाका सञ्चालक हुन् ।

त्यसैगरी, (नमस्ते स्पा) उपाध्यक्षमा विनोद श्रेष्ठ, (नेक्टर स्पा)का महासचिव अमृत थोकर, (जेन स्पा)का सचिव रामदेव महतो, कोषाध्यक्ष कैलाशसिंह थारु (किन्जला स्पा), र (स्पा हव) सह—कोषाध्यक्ष सविता अधिकारी ब्यूटी निर्वाचित भएका छन् ।

सदस्यमा (सेरेनेटी स्पा) रामेश्वर भैजु, (स्पालोन स्पा) कुमार भण्डारी, (ओम शान्ति स्पा) केशव बस्नेत, (ट्रयाक्विलटी स्पा) श्याम कुमार पोख्रेल, (ट्रयांक्विलिटी स्पा) भुवनेश्वर फैँजु, (काठमाडौँ स्पा) नवराज दाहाल, (नेपालय स्पा) सैजिला थिङ र (प्याराडाइज स्पा)का सुर्यबहादुर श्रेष्ठ निर्वाचित भएका हुन् ।

स्पा संघको नयाँ कार्यसमितिको समयावधि दुई वर्ष हुनेछ । यसअघिको कार्यसमितिमा अध्यक्ष सुभलाल थिङ रहेका थिए । स्पा संघ मुलुकभरका स्पा तथा वेलनेस सञ्चालकहरूले स्थापना साझा संस्था हो । स्पा तथा मसाजबाट अनैतिक गतिविधि भएको भन्दै स्पा व्यवसायलाई मर्यादित बनाउन संघको स्थापना भएको थियो ।

साधारण सभामा प्रमुख अतिथि नेपाली कांग्रेस नेता गोपालमान श्रेष्ठ रहेका थिए ।

प्रमुख अतिथि श्रेष्ठले स्पाले मर्यादित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने धारणा राखे । सरकारले स्पा व्यवसायीका निम्ति विशेष ऐन बनाएर प्रोत्साह गर्नुपर्ने उनको भनाइ थियो ।

स्पाले मानव शरीरलाई तन्दुरुस्त बनाउने सहयोग गर्ने श्रेष्ठको भनाइ छ । स्पा मार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न व्यवसायीले नयाँ-नयाँ स्किम ल्याउनलाई उनले सुझाए ।

विशिष्ट अतिथि पर्यटन विद तथा लेखक कर्ण शाक्यले अलग , फरक र मौलिक तरिकाले जुनसुकै व्यवसाय गरे सफलता हुने धारणा राखे । पर्यटनको छेत्र मा स्पा व्यवसाय एउटा प्रचुर सम्भावना बोकेको उनले बताए ।

काठमाडौं महानगरपालिकाका २६ का अध्यक्ष ख्याम तिवारीले स्पाका लागि चाहिने मापदण्ड बनाउन महानगर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले मापदण्ड विपरीत चलेका स्पालाई सुधार्दै लैजान संघका पदाधिकारीलाई आग्रह गरे ।

अतिथि ठमेल पर्यटन परिषदका अध्यक्ष भवीश्वर शर्मा, अतिथि विशाल ढकाल र नेपाल पर्यटन बोर्डका सदस्य सुमन घिमिरेको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर