क्यानमा पारस आएपछि नेपाल सिस्टममा जाँदैछ: पुबुदु दासानायके – Nepal Press

क्यानमा पारस आएपछि नेपाल सिस्टममा जाँदैछ: पुबुदु दासानायके

काठमाडौं । नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले नेपाल क्रिकेट संघ (क्यान)मा पारस खड्का आएपछि नेपाल सिस्टममा जाँदै गरेको बताएका छन् ।

बिहीबार सुरु हुने नेपाल र क्यानडाबीचको एक दिवसीय सिरिजअघि गरिएको पत्रकार सम्मेलनमा पूर्वप्रशिक्षक दासानायकेले यस्तो बताएका हुन् ।

‘पारस खड्का आएपछि नेपाल सिस्टममा जाँदैछ । अहिले म प्रतिस्पर्धी टोलीमा भए पनि केही फरक पर्दैन । मैले सिकाएर केही सीप खेलाडीले प्रयोग गरेका छन् । नेपाली खेलाडीहरू व्यवसायिक हुँदैछन्’, उनले भने ।

आफूले पछिल्लो एक वर्ष नेपालका खेलहरू हेरिराखेको दासानायकेले सुनाए । उनले भने, ‘नेपालले राम्रो खेलिराखेको छ । गत वर्षबाट मैले नेपालका सबै खेल हेरेको छु । मेरो विचारमा राइट म्यान, राइट प्लेस नेपालले अपनाएको छ ।’

सिरिजलाई लिएर आफूहरू उत्साहित रहेको दासानायकेले बताए । उनले भने, ‘हामीले आउँदै गरेका खेलहरू अगाडि नेपालसँग घरेलु मैदानमा ठूलो मात्राको समर्थक अगाडि खेल्दा राम्रो अनुभव बटुल्नेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर