खेलको विकासमा सरकारले आवश्यक बजेट छुट्याउन सकेनः नेता कोइराला (भिडिओ) – Nepal Press

खेलको विकासमा सरकारले आवश्यक बजेट छुट्याउन सकेनः नेता कोइराला (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउन नसकेको बताएका छन् ।

शनिवार ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक रहेको बताए उनले खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने बताए ।

उनले भने, ‘नेपालमा खेलकुदको विकास भइराखेको छैन भनेर त म भन्दिनँ । तर जति हुनपर्ने हो खेलकुदको विकास, जसरी सरकारले बजेट छुट्याउनुपर्ने हो खेलकुदको निम्ति ति बजेटहरु छुट्याउन सकिरहेको देखिँदैन । खेलकुदका साथीहरुलाई जुन प्राइज दिन्छु भनेर करातेका साथीहरुले पनि जित्नुभएको रहेछ । गोल्डमेडल पनि पाउनुभएको रहेछ । अरु साथीहरुले पनि पाउनुभएको रहेछ । क्रिकेटका साथीहरु थिए । प्राइज दिने भनेर सरकारले घोषणा गर्छ, आश्वासन दिन्छ, तर दिन सकिरहेको थिएन, त्यस्तो अवस्थाबाट देश अघि बढिरहेको छ । कुनैपनि देशलाई विकास गर्नुछ भने खेलकुदको विकास गर्नुपर्छ । खेलकुदको विकास गर्न सक्यौँ हामीले भने युवाहरु इनर्जेटिक हुन्छन्, अनुशासित हुन्छन् र त्यो देश अनुशासित र विकसित हुन्छ । त्यसकारण खेलकुदलाई हामी सबैले राजनीतिकर्मीहरुले अत्यन्त महत्वपूर्ण विधाको रुपमा लिएर अघि जानसक्यौँ भनेमात्रै देशले एउटा गौरव गर्ने ठाउँ भेट्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर