मदन भण्डारी फुटसल रनिङ्गशिल्ड : हिमालयनले उचाल्यो उपाधि – Nepal Press

मदन भण्डारी फुटसल रनिङ्गशिल्ड : हिमालयनले उचाल्यो उपाधि

काठमाडौं । काठमाडाैं मा सम्पन्न मदन भण्डारी खुल्ला फुटसल रनिङ्गशील्ड प्रतियोगिताको उपाधि हिमालयन फुटसल क्लबले उचालेको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आइतबारदेखि सुरु भएको उक्त प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा पेनाल्टी सुट आउटमा माहिन फुटसल क्लबलाई हराउँदै हिमालयनले उपाधि जितेको हो । उपाधिसंगै हिमालयनले एक लाख ५० हजार नगद र शिल्ड प्राप्त गर्यो ।

पेनाल्टी सुट आउटमा हिमालयनले तीन र माहिनले दुई गोल गरेका थिए ।

उपविजेता माहिनले ७५ हजार रुपैयाँ ँर शिल्ड प्राप्त गर्यो ।

विजेता तथा उपविजेता टिमलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री एवम् नेकपा एमालेका नेता आनन्द पोखरलले पुरस्कार तथा शिल्ड प्रदान गरे । सो अवसरमा पूर्वमन्त्री पोखरेलले खेलकुदले समाजमा बहुआयामिक महत्व बोकेको चर्चा गर्दै एकेडेमीका खेल गतविधि प्रशंसनीय रहेको बताए ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार तथा पूर्ब प्रदेश सभासद मोहन रेग्मी, एकेडेमीका सुवर्ण श्रेष्ठ, उत्तमकुमार राउतलगायतले बोलेका थिए । कार्यक्रम संयोजक सरिला श्रेष्ठका अनुसार प्रतियोगितामा देशभरका १५ वटा टिम सहभागिता थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *