सुदूरपश्चिममाथि एपीएफको ३ विकेटको जित, डेब्यु खेलमा चन्दनले लिए ५ विकेट – Nepal Press

सुदूरपश्चिममाथि एपीएफको ३ विकेटको जित, डेब्यु खेलमा चन्दनले लिए ५ विकेट

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) ले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य एपीएफले १४ ओभर १ बलमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक १८ रन जोडे ।

आसिफ शेख १५, भुवन कार्की १४, प्रदीप ऐरी १२ रन लोकेश बम ६, सुमित महर्जन र रोहित पौडेल ४–४ रन बनाएर आउट भए ।

बलिङतर्फ सुदूरपश्चिमका दीपक चन्दले ४ र नरेन साउदले ३ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १६ ओभर २ बलमा ८७ रनमा समेटिएको थियो ।

सुदूरका नारायण जोशी अविजित ३१ बनाएका थिए । खडक बोहराले २४ रन बनाउँदा अन्य ब्याटर क्रीजमा जम्न सकेनन् ।

बलिङमा एपीएफका लागि डेब्यु गरेका चन्दन रामले सर्वाधिक ५ विकेट लिए । ७ ओभर बलिङ गरेका रामले ५१ रन खर्चेर ५ विकेट लिए । भुवन कार्कीले ३ र कप्तान रोहित पौडेलले २ विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *