नेपाललाई दवावमा पार्दै न्यूजिल्यान्डका रेड्डीले पूरा गरे शतक – Nepal Press

नेपाललाई दवावमा पार्दै न्यूजिल्यान्डका रेड्डीले पूरा गरे शतक

काठमाडौं। आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा न्यूजिल्यान्डका स्नेहिथ रेड्डीले नेपालविरुद्ध सतक बनाएका छन्।

अहिले भइरहेको खेलमा रेड्डी १०० रनमा खेल्दैछन्। तेस्रो नम्बरबाट ब्याटिङमा आएका रेड्डीले तेस्रो चौथो विकेटका लागि ओस्कर ज्याक्सनसँग एक सय ५७ रनको साझेदारी गरेका थिए। १७ वर्षीय रेड्डी भारतको आन्द्रप्रदेशस्थित विजयवडामा जन्मिएका हुन्। रेड्डीले १ सय ६ बलमा २ छक्का र ८ चौका प्रहार गर्दै सतक पूरा गरे।

पहिला ब्याटिङ गरिरहेको न्यूजिल्यान्डले ४५।३ ओभरमा ६ विकेट गुमाएर २४७ रन जोडेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर