फोहोर संकलन दौड -२०२४ सम्पन्न : विवेक र अभिषेक भए प्रथम, पाए ५० हजार रुपैयाँ पुरस्कार – Nepal Press

फोहोर संकलन दौड -२०२४ सम्पन्न : विवेक र अभिषेक भए प्रथम, पाए ५० हजार रुपैयाँ पुरस्कार

काठमाडौं । नेपाल टेलिकमको २० औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा मैनादेवी फाउन्डेसनले आयोजना गरेको ‘नेपाल टेलिकम काठमाडौं फोहोर संकलन दौड २०२४’ प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा विक्रम खड्का र अभिषे खड्काको जोडी प्रथम भएको छ । उनीहरुले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, पारस महत्व र पप्पु कुमार महत्वको जोडी द्वितीय हुँदै २५ हजार रुपैयाँ पाएका छन् । त्यस्तै, लक्ष्मी दाहाल र विद्या भण्डारी तृतीय हुँदै १५ हजार प्राप्त गर्दा प्रतियोगितामा अग्नि परियार र प्रेम प्रकाश खड्काको जोडीले सान्वता भएका थिए ।

कार्यक्रममा २ हजार जोडी व्यक्तिले ४ किलोमिटर दौडदै, सामूहिक रूपमा ३५० केजी फोहोर जम्मा गरेको नेपाल टेलिकमले जानकारी दिएको छ । कार्यक्रममा ५० बढी सहभागी विद्यालय, १५ बढी संघसंस्थाहरु, तथा २००० बढी व्यक्तिहरु सहभागी भएका थिए ।

साथै कार्यक्रममा उत्कृष्ट हुने २० जनालाई नेपाल टेलिकमको आकर्षक डाटा उपहार र निःशुल्क सिमकार्ड समेत वितरण गरिएको टेलिकमले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *