नेपाल मुस्लिम इत्तेहाद संगठनको बागमती प्रदेशमा समिम – Nepal Press

नेपाल मुस्लिम इत्तेहाद संगठनको बागमती प्रदेशमा समिम

हेटौँडा । नेपाल मुस्लिम इत्तेहाद संगठनको बागमती प्रदेश अध्यक्षमा मकवानपुरका महम्मद समिम निर्विरोध निर्वाचित भएका छन् ।

आज हेटौंडामा भएको प्रथम अधिवेशनबाट समिमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी निर्माण भएको छ ।

संगठनको उपाध्यक्षमा निसारुद्दिन मिया, मजित सिद्धिकी, सचिवमा रहिमुद्दिन मिया तथा सह सचिवमा जुबेर मिया चयन भएको आयोजक कमिटीले जनाएको छ ।

अध्यक्ष निर्वाचित भएपछि प्रतिक्रिया दिँदै समिमले बागमती प्रदेशमा राम्रो उपस्थिति रहेको मुस्लिम समुदायको हक अधिकार स्थापित गर्न आफू लागिपर्ने बताए ।

नेपालको सन्दर्भमा पछि परेको मुस्लिम समुदायलाई मूलधारमा ल्याउन बागमती प्रदेश कमिटीले भूमिका खेल्ने उनको भनाइ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *