बोर्ड अफ ट्रष्टीमार्फत विश्वविद्यालयका सबै पदमा प्रतिस्पर्धा गराउन प्रगतिशील प्राध्यापकको माग – Nepal Press

बोर्ड अफ ट्रष्टीमार्फत विश्वविद्यालयका सबै पदमा प्रतिस्पर्धा गराउन प्रगतिशील प्राध्यापकको माग

काठमाडौं । नेकपा एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनले बोर्ड अफ ट्रष्टीमार्फत विश्वविद्यालयमा योगदान गरेका व्यक्ति नेतृत्वमा पुग्ने व्यवस्था सहजिकरण गर्न माग गरेको छ ।

संगठनको धनकुटामा बसेको केन्द्रीय समिति बैठकले १७ बुँदे घोषणापत्र जारी गर्दै त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालयका हरेक पद स्वच्छ र पारदर्शी प्रतिस्पर्धाको आधारमा नियुक्ति गर्ने प्रक्रियालाई अघि बढाउन बोर्ड अफ ट्रष्टीको अवधारणा अघि सारेको हो ।

घोषणापत्रमा एउटै विश्व विद्यालय सेवा आयोग व्यवहारिक नहुने भन्दै हाल क्रियाशील सबै विश्वविद्यालयका सेवा आयोगहरुलाई निश्चित समय तोकेर प्राज्ञिक प्रतिस्पर्धा गर्ने,नियुक्ति र पदोन्नतिका मापदण्डमा एकतारुपमा कायम गर्ने वातावरण मिलाइनुपर्ने जनाएको छ ।

संगठनले निविृत्तभरण सम्बन्धी फरक व्यवस्था अन्त गर्दै स्थायी सेवामा रहेका सबै प्राध्यापक तथा कर्मचारीहरुलाई निवृत्तिभरण पदान गर्न समेत माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *