अमेरिका–बेलायतको हवाई आक्रमणमा ५ हुथी समूहका सदस्यको मृत्यु – Nepal Press

अमेरिका–बेलायतको हवाई आक्रमणमा ५ हुथी समूहका सदस्यको मृत्यु

काठमाडौं । यमनको हुथी समूहले आफ्ना पाँच जना लडाकुहरु अमेरिका–बेलायतको हवाई आक्रमणमा मारिएको बताएको छ । साथै ६ जना घाइते भएका बताएको छ ।

यसले हवाई आक्रमणपछि लाल सागरमा इजरायल जाने व्यावसायिक जहाजहरूमाथि आक्रमण जारी राख्ने वाचा गरेको छ । अमेरिका र बेलायतले आक्रमण गर्नुभन्दा केही घण्टा अघि नै घोषणा गरेका थिए ।

अमेरिका–बेलायत युद्धक विमानहरू आक्रमण गर्न आउनुभन्दा केही घण्टाअघि हुथीहरूले राजधानी साना र अन्य प्रान्तहरूमा आफ्ना शिविरहरू खाली गरेको देखियो ।

गाजामा इजरायलको आक्रमणको बिरोध गर्न अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि हुथी समूहले इजरायलसँग सम्बन्धित जहाजहरूमा आक्रमणहरू बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *