कुन देशका पासपोर्ट कति बलिया ? नेपाल पुछारबाट सातौँ स्थानमा – Nepal Press

कुन देशका पासपोर्ट कति बलिया ? नेपाल पुछारबाट सातौँ स्थानमा

काठमाडौं । सन् २०२४ मा विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सूची सार्वजनिक भएको छ ।

हेन्ले पासपोर्ट इन्डेक्सले शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गरेको हो । फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको छ ।

पहिलो स्थानमा परेका यी देशका नागरिकलाई १९७ देशमा भिसा फ्री वा भिसा अन अराइभलको सुविधा छ ।

दोस्रो शक्तिशाली पासपोर्टमा फिनल्याण्ड, साउथ कोरिया र स्विडेन परेको छ । यी देशलाई १९३ देशमा भिसा अनअराइभलको सुविधा छ । तेस्रो स्थानमा अष्ट्रिया, डेनमार्क, आयरल्याण्ड परेको छ ।

विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाल ९८ औं स्थानमा परेको छ । नेपालका नागरिकलाई ४० देशमा भिसा अनअराभइलको सुविधा रहेको छ । नेपालसँगै लिबिया र प्यालेस्टाइनको पासपोर्ट ९८ औ सूचीमा छ ।

छिमेकी मुलुक भारतको पासपोर्ट ८० औं स्थानमा छ भने चीनको ६२ औ स्थानमा छ ।

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनको तथ्यांकका आधारमा हेन्ले पासपोर्ट इन्डेक्स जारी गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *