भीमदत्त नगर प्रवक्ता खड्का मृत फेला – Nepal Press

भीमदत्त नगर प्रवक्ता खड्का मृत फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष एवं नगर प्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त-६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिए ।

‘बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ’, प्रहरी उपरीक्षक थापाले भने, ‘रातिको समयमा घटना भएको देखियो ।’

उनले भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताए ।

‘प्रारम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ’, प्रहरी उपरीक्षक थापाले भने, ‘घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।’

बुधवार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *