मोरङ जहदा गाउँपालिकाको वडाअध्यक्षका छोरा अपहरण गर्ने तीनजना पक्राउ – Nepal Press

मोरङ जहदा गाउँपालिकाको वडाअध्यक्षका छोरा अपहरण गर्ने तीनजना पक्राउ

विराटनगर । मोरङको जहदा गाँउपालिका वडा नम्बर १ का वडाअध्यक्ष बाबुराम राजवंशीका छोरालाई अपहरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जहदा गाउँपालिका १ बाट मंगलबार दिउँसो ३ बजेतिर अपहरणमा परेका वडाअध्यक्षका छोरा १० बषीएया छोरा धनीरामलाई समेत प्रहरीले विराटनगरबाट सकुशल उद्धार गरेको छ ।

धनीधरलाई घरनजिकको मन्दिरमा साथीहरूसँग खेल्न निस्किएका बेला अपहरण गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । स्कुलमा तिम्रो फोटो खिचाउनुपर्ने भन्दै ३ युवाहरुले उनलाई साइकलमा राखेर लगेको पाइएको प्रहरीले जनाएको छ ।

उनलाई अपहरण गरेको आरोपमा प्रहरीले् जहदा १ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर १८ का २१ वर्षीय विवेकानन्द यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई विराटनगर १८ स्थित खाकीबाबा मन्दिर नजिक अपहरणकारीबीच विवाद भएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेको दाहालले जानकारी दिए । प्रहरीले विराटनगर १८ बाट बालकको उद्धार गरेको थियो ।

प्रहरी आएको थाहा पाएपछि अपहरणमा संलग्नहरु फरार भएका थिए । प्रहरीले सुरुमा अभिषेकलाई पक्राउ गरेको प्रहरीले त्यसपछि बुधनगरबाटै थप दुईलाई पक्राउ गरेको हो ।

तीनै जनाको मिलेमतोमा बालकको अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए । परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

बालकलाई अपहरण गर्नुको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *