एसएस फाउण्डेसनले दियो ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकालाई न्यानो लुगा – Nepal Press

एसएस फाउण्डेसनले दियो ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकालाई न्यानो लुगा

काठमाडौं । काठमाडौंस्थित एसएस फाउन्डेसनले ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाहरूलाई न्यानो लुगा वितरण गरेको छ ।

बढ्दो जाडोबाट असहायहरूलाई जोगाउने योजनासहित फाउन्डेसनले बुधबार न्यानो लुगा बाँडेको हो । कालिमाटीस्थित डिभाइन पार्टी प्यालेसमा पालिजाः स्वाँ नेवाः पुचःको आयोजनामा न्यानो लुगा वितरण गरिएको हो ।

फाउन्डेसनको सहयोगमा कालिमाटीमा १६१ जना बालबालिका, एकल महिला र वृद्धवद्धालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले ती न्यानो लुगा वितरण गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *