माधव नेपालको दाबी- ओलीले बालुवाटार गएर राष्ट्रियसभामा हामीलाई जिराे बनाइदिऊँ भनेछन् (भिडिओ) – Nepal Press

माधव नेपालको दाबी- ओलीले बालुवाटार गएर राष्ट्रियसभामा हामीलाई जिराे बनाइदिऊँ भनेछन् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै मति ठीक नभएसम्म कम्युनिष्टहरु मिल्ने भनेर नहुने तर्क गरे ।

उनले भने, ‘ओली राष्ट्रियसभाको चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत सुमाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै उनको मति सप्रिएको छैन। कम्युनिष्टहरु मिलुन् मात्रै भनेर हुँदैन ।’

विचार, दृष्टिकोण र व्यवहार गलत भएसम्म देश र जनतालाई केन्द्रविन्दुमा राखेर जुध्न तयार रहेको बताए । ओलीले प्रचण्डमाथि हैकम चलाउन खोजेपछि एमाले नेतृत्वको गठबन्धन नटिकेको स्मरण समेत गरे ।

 


प्रतिक्रिया

2 thoughts on “माधव नेपालको दाबी- ओलीले बालुवाटार गएर राष्ट्रियसभामा हामीलाई जिराे बनाइदिऊँ भनेछन् (भिडिओ)

  1. जनताका लागि कि आफ्नो लागि कस्ता राजनीतिज्ञ हुन माधवकुमार नेपाल ? हाम्रो गल्ती यस्तालाई नेता मानिएकोमा पछुतो छ।

  2. यस्ता काम नलाग्ने पनि नेता ? न भिजन, न योजना न कार्यक्रम । छ त केवल पद, पैसा, विदेशीको दलाली ई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर