बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविक मार्गमा १४ पाटेबाघ भेटिए – Nepal Press

बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविक मार्गमा १४ पाटेबाघ भेटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् ।

निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र छ भाले बाघ भेटिएको हो ।

सो मार्गलाई ६२ ‘ग्रिड’मा विभाजन गरी बाघको अनुगमन गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार ६२ जोडी ‘क्यामेरा’ दुई–दुई वर्ग किलोमिटरको क्षेत्रफलमा जडान गरिएको थियो । सो क्षेत्रमा सन् २०१८ मा गरिएको सर्वेक्षणमा तीन र सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणमा आठ बाघ फेला परेका थिए ।

संरक्षणमा स्थानीय समुदायको सहभागिता र कार्यालयको अथक प्रयासपछि बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको सूचना अधिकारी तिवारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *