मलेसिया रोजगारीमा सिण्डिकेट सेटिङ : श्रममन्त्रीलाई संसदीय समितिमा छलफलका लागि बोलाइयो – Nepal Press

मलेसिया रोजगारीमा सिण्डिकेट सेटिङ : श्रममन्त्रीलाई संसदीय समितिमा छलफलका लागि बोलाइयो

काठमाडौं । मलेसिया रोजगारीमा सिण्डिकेट सेटिङका विषयमा छलफल गर्न श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीलाई संसदीय समितिकाे बैठकमा बोलाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले श्रमिकको हित विपरित हुने गरी श्रम मन्त्रालयले गरेका निर्णय सन्दर्भमा नीतिगत छलफल गराउन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई पत्र पठाएका थिए ।

समितिले उक्त विषयमा छलफल गराउन बिहीबार समितिको बैठक डाकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग छलफलका लागि बैठक बोलाइएको समितिका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

मंगलबार दिउँसो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जानेबाट बढाएको शुल्क कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।

श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीसहितको समूहले एक लटमै करिव १ अर्ब २० करोड रूपैयाँ उठाउने उद्देश्यले मलेसियाको एक रिंगेटवाला निजी कम्पनीसँग गरेको विवादस्पद सम्झौताबारे नेपाल प्रेसले हिजोमात्र प्रमाणसहित समाचार प्रकाशन गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *