गठबन्धनले दिएको २ सीट स्वीकार्दै राष्ट्रियसभा चुनावमा होमिने नेकपा एसको निर्णय (भिडिओ) – Nepal Press

गठबन्धनले दिएको २ सीट स्वीकार्दै राष्ट्रियसभा चुनावमा होमिने नेकपा एसको निर्णय (भिडिओ)

काठमाडौं । आसन्न राष्ट्रियसभाको चुनावमा नेकपा एसले अन्तत: २ सीटमा चित्त बुझाउने भएको छ । आज बसेको सचिवालय बैठकले असन्तुष्टिका बाबजुद गठबन्धनले गरेको भागबन्डाअनुसार चुनाव लड्ने निर्णय लिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

आज बेलुकासम्म नाम टुंग्याउने प्रवक्ता खतिवडाको भनाइ छ । त्यसका लागि अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मा दिइएको छ ।

नेकपा एसले राष्ट्रियसभा अध्यक्षसहित ३ जना दाबी गरेको थियो । तर, गठबन्धनमा लामो रस्साक्सीबीच उसले दुई सीटमात्र पाएको छ । आज बिहानको बालुवाटार बैठकबाट माधव नेपाल असन्तुष्टि जनाउँदै हिँडेका थिए ।

नेपालले सचिवालयमा राष्ट्रियसभामा २ सीट लिए कुनै मन्त्रालय वा समितिको सभापति थप्ने कांग्रेस र माओवादीले प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए । तर, अहिलेलाई असन्तुष्टिका बाबजुद नेकपा एस २ सीटमै लड्ने भएको हो ।

प्रवक्ता खतिवडाले आफूहरूको असन्तुष्टि कायमै रहेको बताउँदै यसले कहाँ कहाँ असर पर्छ थाहा छैन भन्दै घुमाउरो पारामा चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर