गठबन्धन बैठक : भागबन्डा मिलेको दाबी, तर माधव नेपाल अझै असन्तुष्ट (भिडिओ) – Nepal Press

गठबन्धन बैठक : भागबन्डा मिलेको दाबी, तर माधव नेपाल अझै असन्तुष्ट (भिडिओ)

काठमाडौं । राष्ट्रिय सभा चुनावको भागबण्डा टुंग्याउन बसेको आज बिहान बसेको गठबन्धन बैठक सकिएको छ । बैठकपछि कांग्रेस नेता रमेश लेखकले भागबण्डा टुंगिएको बताए ।

लेखकका अनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २ र जसपाले १ सिट पाउने गरी भागबण्डा भएको हो । उनले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको उनको भनाइ छ ।

तर, नेकपा एकीकृत समाजवादी भने यो भागबण्डाबाट सन्तुष्ट छैन । तीन सिट मागेको एसलाई २ सिट मात्रै दिने भनिएपछि अध्यक्ष माधव नेपाल बैठक सकिनुअघि नै उठेर हिँडेका थिए । नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिले सहमति भनिएको कुरामा आफूहरूको सहमति नरहेको बताए ।

उनले भने, ‘हामी आफ्नो अडानमै छौँ । सहमति भएको छैन,’ उनले भने ।

आज माधवभन्दा अगाडि उपेन्द्र यादव निस्किएका थिए । उनी पनि असन्तुष्ट भएको हुनसक्ने आशंका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर