राष्ट्रियसभामा एमालेलाई समेट्ने प्रस्तावमा विमिति राखेका माधव नेपालले बोलाए सचिवालय बैठक – Nepal Press

राष्ट्रियसभामा एमालेलाई समेट्ने प्रस्तावमा विमिति राखेका माधव नेपालले बोलाए सचिवालय बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । राष्ट्रिसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक भोलि दिउँसो १ बजे बस्ने सचिव जीवनराम श्रेष्ठले बताए । बैठकमा गठबन्धनबाट पार्टीले पाउने सीटको विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि नेकपा एसका अध्यक्ष माधव नेपालले असन्तुष्टि जनाएका छन् । उनले आज बिहान बालुवाटारमा बसेको बैठकमा विमति राखेका थिए ।

सचिव श्रेष्ठले भने, ‘भोलि राष्ट्रियसभाको विषयमा पनि छलफल गर्ने एजेण्डा छ । सबै कुरा त्यही छलफल र निष्कर्ष निस्कन्छ ।’

आगामी माघ ११ गते हुने निर्वाचनको लागि पुस २३ गते उम्मेदवारी दर्ता हुँदैछ । गठबन्धनभित्र भागबन्डाको कुरा नटुंगिएपछि दलहरु आन्तरिक छलफलमा छन् । भोलि पनि गठबन्धनको बैठक बस्ने तय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर