बालकुमारी घटनाप्रति सरकारको प्रतिक्रिया- गलत भयो, अराजकतालाई कसैले प्रश्रय गर्नुहुन्न (भिडिओ) – Nepal Press

बालकुमारी घटनाप्रति सरकारको प्रतिक्रिया- गलत भयो, अराजकतालाई कसैले प्रश्रय गर्नुहुन्न (भिडिओ)

काठमाडौं । सरकारकी प्रवक्ता रेखा शर्माले बालकुमारी घटना गलत भएको भन्दै दुःख व्यक्त गरेकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले बालकुमारी घटनाको यथार्थ विवरण आउन बाँकी रहेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो भौतिक पूर्वाधारमन्त्रीको गाडीमा आगजनी भएको कुरा आएको छ । तर, जे भयो, त्यो गलत भयो । आफ्ना असन्तुष्टि र कुराहरु शान्तिपूर्वक राख्न पाउने सबैलाई अधिकार छ । त्यो राख्न पाइन्छ । सरकारप्रति असन्तुष्टि राख्न पनि पाइन्छ । पाइँदैन होइन, त्यसको पनि आफ्नो तरिका हुन्छ । जुन ढंगले यो घटना घटाइयो । केहीको मृत्यु भएको छ । यसप्रति दुःख व्यक्त गर्न चाहन्छु ।’

सञ्चारमन्त्री शर्माले बालकुमारीको घटना अराजकता भएको उल्लेख गर्दै अराजकतालाई कसैले प्रश्रय दिन नहुने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर