नेकपा एसको आह्वान- गणतन्त्रमाथि भइरहेको हमलाको प्रतिवाद गर्न अग्रगमनकारी शक्तिहरु एकजुट हौं – Nepal Press

नेकपा एसको आह्वान- गणतन्त्रमाथि भइरहेको हमलाको प्रतिवाद गर्न अग्रगमनकारी शक्तिहरु एकजुट हौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आज विभिन्न कोणबाट हमला भइरहेको निष्कर्ष निकालेको छ। केन्द्रीय कमिटीको बैठकले व्यवस्थामाथिको प्रहारको प्रतिवाद गर्न सबै अग्रगमनकारी राजनीतिक शक्तिहरुलाई आह्वान गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आज विभिन्न कोणबाट हमला भइरहेको अवस्थाप्रति सचेत रहँदै यो बैठक सबै पुनउत्थानवादी विचार र क्रियाकलापको राजनीतिक तथा वैचारिक रुपमा प्रतिवाद गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै सबै अग्रगमनकारी राजनीतिक शक्तिहरुबीच घनिभूत संवाद र सहकार्यको आवश्यकता रहेको छ ।’

एक वर्षभित्र सरकारले केही राम्रा काम गर्ने प्रयास गरिरहेको निष्कर्ष निकालेको सुनाए ।

उनले भने, ‘जनताको दैनिक जीवनको समस्यालाई समाधान गर्ने, सुरक्षाको प्रत्याभूति दिने लयागतको बिषयमा धेरै काम हुन बाँकी देखिएकोले परिणामुखी काम गर्नको लागि अग्रसर हुन सरकारलाई आग्रह गर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर