माधव-झलनाथलाई मैदान खुला राख्न नेकपा एसमा उमेरहद हटाउने गृहकार्य, नेताहरूबीच मतभेद – Nepal Press

माधव-झलनाथलाई मैदान खुला राख्न नेकपा एसमा उमेरहद हटाउने गृहकार्य, नेताहरूबीच मतभेद

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको तेस्रो दिनको बैठक जारी छ । ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा जारी बैठकमा अध्यक्ष नेताहरूको धारणापछि अध्यक्ष माधव नेपालले जवाफ दिएपछि टुंग्याउने तयारी छ ।

बैठकमा नेताहरूले ७० वर्षको उमेर हद, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्नेलगायतको विषयमा धारणा राखेका छन् । सबै केन्द्रीय सदस्यले धारणा राख्न नभ्याउने भएपछि अधिकांशले लिखितरूपमा आफ्नो सुझाव बुझाएका छन् ।

बैठकमा धारणा राख्ने क्रममा कोशी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीले उमेर हद कायम गर्नुपर्ने माग राखे ।

उनले भने, ‘अहिलेको विधान नेताका निम्ति मेरो सीट कहाँ सुरक्षित छ ? भन्ने खालको छ । यसो गरिनु हुँदैन । पार्टी कता लैजाने, पार्टीको संरचना कस्तो बनाउने चिन्ता देखिएन । पार्टीको हितलाई मध्यनजर गरेर विधान लागू गर्नुपर्छ । व्यक्ति केन्द्रित विधान बन्नु हुँदैन ।’

तर, उमेरहदसम्बन्धी उनको प्रस्तावमा पार्टीको मधेश प्रदेश कमिटी अध्यक्ष रामचन्द्र यादव सहमत भएनन् । उनले उमेर हद आजको दिनमा आवश्यक नरहेको दाबी गरे ।

उनले भने, ‘७० वर्षे उमेर काम गर्न सक्ने उमेर त होइन । तर, हाम्रो पार्टी बन्दै गरेको अवस्था छ । हाम्रो पार्टीमा युवाहरू सहभागिता उल्लेखनीय हुनुपर्छ । समावेशी कमिटी निर्माण गर्नुपर्छ ।’

लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सोमप्रसाद पाण्डेले पार्टीको नेतृत्व प्रत्यक्ष हलले चयन गर्नुपर्ने सुझाव राखे । बैठकमा पार्टीको विधान संशोधनका लागि नेकपा एसले नेताहरुलाई ११ वटा प्रश्न दिएको थियो ।त्यही प्रश्नमा रहेर उनीहरूले आफ्नो सुझाव दिएका छन् । अध्यक्ष माधव नेपाल र सम्मानित झलनाथ खनाललाई आगामी महाधिवेशनमा मैदान खुला राख्नको लागि ७० बर्षे उमेरहद नराख्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर