माधव नेपालको आरोप- देशी विदेशी प्रतिक्रियावादीले मुलुकमा षड्यन्त्रका तानाबाना बुनिरहेका छन् (भिडिओ) – Nepal Press

माधव नेपालको आरोप- देशी विदेशी प्रतिक्रियावादीले मुलुकमा षड्यन्त्रका तानाबाना बुनिरहेका छन् (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानाबाना बुनिरहेको दाबी गरेका छन् ।

बुधबारबाट ललितपुर शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम फेरि सुरु गरेकाले राजनीतिक दलहरुले फेरी गम्भिर भएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

उनले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढनका लागि समाजवादी मोर्चामा आवद्ध सबै दलहरु एकतावद्ध भएर अघि बढ्न सहमत रहेको दाबी समेत गरे ।

समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल भित्र्याएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरु एकभएर अघि बढन सहमत रहेको अध्यक्ष नेपालले बताए । उनले संविधान जोगाउनका लागि आफूहरुले विगतमा एमालेभित्रैबाट बिद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको जिकिर समेत गरे ।

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन, बनाउन र लोकप्रिय बनाउने काममा कसरी लाग्न सकिन्छ भन्ने बारेमा पनि समाजवादी मोर्चाभित्र छलफल सुरु गरिएको बताए ।

यस्तो छ उनको भनाइः

हाम्रो पार्टीले एमाले भित्र गरेको विद्रोह जायज थियो । यसले सफलता प्राप्त गर्यो । विघटित गरिएको प्रतिनिधिसभा पुनःस्थापित भयो । संविधान जोगियो । संसदले पूर्ण कार्यकाल काम गर्नसक्यो । र, आज हामी यो संविधानमाथि आक्रमण भइरहेको सन्दर्भमा हामी फेरि गम्भिर हुुनुपर्ने स्थिति पुगेका छौं । अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाइरहेका छन् । विभिन्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले देशभित्र षड्यन्त्रका तानावाना बुुनिरहेका छन् ।

आज विहान मात्रै समाजवादी मोर्चाको बैठक बस्यो । र त्यो बैठकको संयोजक भएको नाताले हामीले बनाएको थियौं । त्यहाँ गम्भिर छलफल चलिरहेको छ । छलफल शुरु भएको छ, समाप्त भएको छैन ।

छलफल के मा शुरु भयो भने अहिले नेपालको राजनीति कुन अवस्थाबाट गुज्रिँदैछ ? अहिले हाम्रो देशका स्वाधिनता, स्वतन्त्रतामाथि कुनै आघात पुग्ने काम भइरहेको छ कि छैन ? देशीविदेशी शक्तिहरुको भूमिका कस्तो छ ? देशका प्रतिक्रियावादी, प्रतिगामी शक्तिहरुले के गरिरहेका छन ? यी सबै कुराहरुको बारेमा हामीहरु व्यापक छलफल गरौं ।

र, कसरी हुनसक्छ नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउने, बचाउने, लोकप्रिय बनाउने काम गर्न सकिन्छ ? त्यसमा हामी गम्भिर भएर सोचौं । यस कुरामा नेकपा माओवादी पनि सहमत, जनता समाजवादी पनि सहमत र नेकपा विप्लव समूह पनि सहमत । र यो मलाई राम्रो कुरा पनि लागेको छ । चिन्ता हामीलाई छ । चिन्ता अरुलाई पनि छ ।

अरुलाई चिन्ता हुनुपर्छ भन्ने हुटहुटी हामीमा थियो । हामीले पटकपटक भन्ने गरेका थियौ कि छलफल गरौं । जनता जुन फैलिराखेको निराशा छ, राजनीतिमा जुन फैलिराखेको वितृष्णा छ । पाटीहरुप्रति असन्तोष । यसका कारणहरु खोजौं ।

र, सुधारका लागि के के गर्न सकिन्छ ? सोचौं । त्यसका लागि हाम्रो पार्टीले पहल गर्दै आइरहेको छ । तर आज खुशी के लागेको छ भने त्यही लेवलमा अरु पनि सहमत भएका छन् । त्यसो हुनाले देशको समस्याको ठिक पहिचान, देशका समस्याहरुको ठिक पहिचान पहिला गर्न सक्नुपर्दछ । ’

 


प्रतिक्रिया

One thought on “माधव नेपालको आरोप- देशी विदेशी प्रतिक्रियावादीले मुलुकमा षड्यन्त्रका तानाबाना बुनिरहेका छन् (भिडिओ)

  1. नातागोता आफन्तलाई पद बाड्न सक्नुहुन्छ चाडो चाडो गर्नुहोला कम्युनिस्ट आन्दोलनको कलंक हो नि तपाई र प्रचण्ड अनि झलनाथ के को आन्दोलन सान्दोलन कमाउनु अनि सुतिसुति खानु क्या ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर