राष्ट्रपति पौडेलको उपचारका लागि सरकारद्वारा थप १० लाख निकासा – Nepal Press

राष्ट्रपति पौडेलको उपचारका लागि सरकारद्वारा थप १० लाख निकासा

इजरायलमा मारिएका १० जनाको परिवारलाई पनि एक करोड निकासा

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका लागि सरकारले थप करिव १० लाख रुपैयाँ निकासा गरेको छ ।

२०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरण अनुसार राष्ट्रपतिको उपचारमा नौ लाख ९५ हजार रुपैयाँ उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ अनुसार यो रकम उपलब्ध गराएको हो ।

अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ । गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रुपैयाँ सरकारले उपलब्ध गराएको थियो ।

इजरायलमा मारिएका १० जनाको परिवारलाई पनि एक करोड निकासा

यस्तै इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले एकमुष्ट एक करोड रुपैयाँ राहत निकासा दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को असोज २२ गतेको निर्णय अनुसार घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरूप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता रकम निकासा भएको हो ।

यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ । गत असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर