नेविसंघको प्रश्न- मेलम्चीको पानी, हामीले कहिले खाने ? (तस्बिरहरू/भिडिओ) – Nepal Press

नेविसंघको प्रश्न- मेलम्चीको पानी, हामीले कहिले खाने ? (तस्बिरहरू/भिडिओ)

काठमाडौं । मेलम्चीको पानी काठमाडौं ल्याउन भइरहेको ढिलाइ र सम्बन्धित पक्षले लापरबाही गरिरहेको विरोधमा नेविसंघले प्रदर्शन गरेको छ ।

‘मेलम्चीको पानी, हामीले कहिले खाने ?’ भन्दै प्रदर्शनमा सहभागीहरूले प्रश्न गरेका छन् ।

उनीहरूले मेलम्चीको पानीमा भ्रष्टाचार भइरहेको भन्दै त्यसलाई बन्द गर्न पनि आग्रह गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘नदे.. नदे.. एडीबी मेलम्चीलाई ऋण नदे…’, ‘भ्रष्टाचार गनायो मेलम्चीलाई छाडी दे’, नो पोलिटिक्स इन वाटर’, पानी कहिले आउँछ ?’, ‘मेलम्चीको पानी हामीले कहिले खाने ?’, ‘मेलम्ची को भ्रष्टाचार सन्त नेतामाथि अत्याचार’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


प्रतिक्रिया

One thought on “नेविसंघको प्रश्न- मेलम्चीको पानी, हामीले कहिले खाने ? (तस्बिरहरू/भिडिओ)

  1. अब ५ अर्ब खर्च गर्नुपर्छ भनेर हिसाब निकालेका छन् लुटेराहरूले । त्यसको कमिशन नखाई कहाँ पानी आउँछ ? अहिलेको ठगबन्धन लुटन बनेक‍ो हो । हिस्सा त नेबिसंघले पनि पाउँछ । आन्दोलनको नाटक किन नि ? तिमीहरू पनि लुटेराहरूका मतियार त हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर