नवीन डिजिटल प्रणालीमा फड्को मार्दै ग्लोबल आईएमई बैंक- यस्ता छन् ग्राहकलक्षित बैंकिङ सेवा – Nepal Press

नवीन डिजिटल प्रणालीमा फड्को मार्दै ग्लोबल आईएमई बैंक- यस्ता छन् ग्राहकलक्षित बैंकिङ सेवा

काठमाडौं । नेपालमा डिजिटल बैंकिङ कारोबार बढ्दै जाँदा अधिकांश बैंकहरुले डिजिटल बैंकिङ प्रणालीमा जोड दिँदै आएका छन् । ग्लोबल आइएमई बैंकले पनि ‘डिजिटल बैंकिङ’ प्रणालीको अवधारणामा जोड दिँदै अगाडि बढिरहेको छ ।

सामान्यतया बैंकहरूमा तीन प्रकारका कारोबार हुने गर्दछन् । पहिलो जहाँ भौतिकरुपमा बैंकको शाखा कार्यालयमा नै उपस्थित भएर बैंकिङ्ग कारोबार गरिन्छ जुनलाई ‘परम्परागत बैंकिङ्ग’ कारोबार भनिन्छ । जस्तै, आफैं टेलरमा गएर पैसा बुझाउने, चेक ल्याएर पैसा निकाल्ने तथा भौचर भरेर गर्ने कारोबारहरु पर्दछन् ।

दोस्रो डिजिटल बैंकिङ हो । जहाँ प्रयोगकर्ताले ‘भर्चुअल’ बैंकिङ्ग सेवाको पहुँच पाउछन् । यस्तो नवीनतम प्रविधिमा आधारित बैंकिङ्ग सेवाहरु पर्दछन् जहाँ ग्राहकहरुले आफ्नो उपयुक्त स्थानमा बसी बैंकिङ्ग कारोबार गर्न सक्दछन् । जस्तै, इन्टरनेटमा आधारित रहेर मोबाईल बैंकिङ्गबाट उपलब्ध सेवाको प्रयोग गर्ने पर्दछन् ।

तेस्रो ‘फिजिटल बैंकिङ’ हो । जसलाई डिजिटल र फिजिकलको कम्बिनेसन भनिन्छ अर्थात ‘फिजिटल’ बैंकिङ । जस्तै, व्यक्ति आाफैंले भौतिकरूपमा उपस्थित भई विभिन्न नविनतम प्रविधिको प्रयोग मार्फत बैंकिङ्ग सेवाको उपभोग गर्दछन् । जसमा ग्राहकले भौतिक रुपमा बैंकको शाखा कार्यालयहरु तथा सेवा केन्द्रमा उपस्थित भएर डिजिटल कारोबार गर्दछ । जहाँ भौतिक र डिजिटल कारोबारको संलग्नता हुन्छ । ग्राहकले परम्परागत शैलीमा कागजको प्रयोग गर्नुपर्दैन ।

जस्तै, बैंक खातामा पैसा जम्मा गर्नलाई बैंकको शाखा कार्यालयमा गई आफुले जम्मा गर्न खोजेको रकम पैसा मेसिनबाट जम्मा गर्न सकिन्छ । पैसा निकाल्नको लागि आफ्नो चेक दाखिला गरेर बैंकको टेलरमा जानुको सट्टा डेबिट कार्डको प्रयोग गरी बिना झन्झट सजिलैसँग एटीएम मेसिनमार्फत उक्त सेवा लिन सकिन्छ ।

प्रविधिले फड्को मार्दै गर्दा ग्लोबल आइएमई बैंकले पनि भर्चुअल बैंकिङमा जोड दिइरहेको छ । बैंकले ‘बैंक फ्रम होम’ को अवधारणालाई लिएर अगाडि बढिरहेको छ ।

ग्राहकले भौतिक रुपमा उपस्थित नभइ आफ्नो सजह ठाँउमा रही बैंकिङ कारोबार लिन सक्ने ‘भर्चुअल’ बैंकिङ प्रणालीमा बढी जोड दिइरहेको बैंकले जनाएको छ । यस्तै भर्जुअल बैंकको सेवा विस्तारमा बैंकले नवीनतम प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग ग्राहकहरुमाझ ल्याई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

समय सुहाउँदो र ग्राहकहरुको आवश्यकताबमोजिमको बैंकिङ्ग सुविधा उपलब्ध गराउन समकालिन बैंकहरुभन्दा ग्लोबल आइएमई बैंकको अगाडी नै देखिन्छ । आफ्ना ग्राहकलाई आवश्यकता बमोजिमको बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ग्राहकहरु माझ विभिन्न सेवाहरु ल्याई बैंकको मुल नारा ‘सबैका लागि बैंक’ भन्नेलाई बैंकले थप सार्थकता दिइरहेको देखिन्छ ।

बैंकमै उपस्थित हुन नसक्ने अवस्थामा आफूलाई अनुकूल पर्ने स्थानबाट कारोबार गर्ने ब्यवस्था सहित सेवा तथा सुविधा विस्तारमा ग्लोबल आईएमई बैंक सदैव अगाडि नै रहेको देखिन्छ । जहाँ बैंकले मुलुकका ७७ वटै जिल्लाहरुमा ३५१ बढी शाखा सहित ११ सय भन्दाबढि सेवाकेन्द्रहरुबाट ४६ लाख बढी ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ ।

ग्लोबल आईएमई बैंकका खाताबाहक मध्य करिब ७० प्रतिशत भन्दा बढी डिजिटल प्लेटफर्म मार्फत बैंकिङ्ग सेवाको उपभोग गरिरहेका छन । बैंकले लिएको डिजिटल कारोबारको विस्तारलाई आम जनमानसले उपभोग गर्दै आइरहेको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले आफ्ना सबै ग्राहकहरुलाई डिजिटल कारोबारको अनुभव गराउनका लागि अनवरत काम गरिरहेको छ ।

ग्राहकहरुलाई आधुनिक बैंकिङ प्रणालीको अनुभव गराउनका लागि बैंकले मोबाइल बैंकिङमा विभिन्न सुविधाहरु थप गर्दै विस्तारमा लाागेको छ । जसले गर्दा ग्राहकहरुले पुस्ता र प्रविधि रुपान्तरणसँगै आफ्नो अनुभवलााई पनि रुपान्तरण गर्दै लैजान सकुन् भन्ने मूल सिद्धान्तका साथ काम गरिरहेको छ ।

परम्परागत बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुलाई पनि नविनतम प्रविधिमा आधारित बैंकिङ्गमा विस्तारै अपडेट गराउदै जाने बैंकले बताएको छ । अहिले बैंकबाट उपलब्ध मोबाईल बैंकिङ्ग सुबिधा मार्फत विभिन्न सेवाहरु जस्तै रकमान्तर, वालेट लोड, क्यूआर स्कान गरी अन्य खातामा रकमान्तर, खाताको विवरण, मुद्धती खाता खोल्ने, मोबाईलको रिचार्ज कार्ड, टिभिको रिचार्ज, खानेपानीको बिल भुक्तानी, बिजुलीको बिल भुक्तानी, इन्स्युरेन्सको प्रिमियम, हवाइजहाको टिकट, डाटा प्याक खरिद, चेक बुकको अनुरोध आदी जस्ता जिबन उपयोगी बैंकिङ्ग सेवाहरु रहको छन् । जस्ले गर्दा बैंकिङ्ग कारोबार गर्न बैंकको सेवा केन्द्रबाट मात्र होईन आफ्नो मोबाईलबाटै सबै सेवाको उपभोग गर्न सकिन्छ । यस्तो सेवाहरुले ग्राहकको आफ्नो सहजतासँगै कारोबार गर्न सम्भव बनाइरहेको छ ।

ग्लोबल आइएमई बैंकले उपभोक्ताको सहजतालाई मध्यनजर गर्दै कारोबार सुमधुर बनाइरहेको देख्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *