नबिल स्टक डिलरको उद्घाटन – Nepal Press

नबिल स्टक डिलरको उद्घाटन

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलरको आज औपचारिक उद्घाटन भएको छ ।

स्टकले भदौ २० गतेदेखि कारोबार सुरु गरेको भएपनि आज औपचारिक सेवा सुरुवात गरेको हो । यसले ब्रोकर नम्बर ७७ को रुपमा ब्रोकरेज सेवा दिने छ ।

कम्पनीले ब्रोकरेज सेवा, मार्जिन लेण्डिङ्ग, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटीज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा, डिपोजिटरी सहभागी (डीपी) सेवा प्रदान गर्नेछ ।

नबिल स्टक डिलर सीइओ सुरेन्द्र देबकोटाले मार्जिन लेण्डिङ्ग, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटीज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा दिने बताए ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडलले नयाँ स्टक डिलर नाफामा भन्दा पनि सेवामा ध्यान दिने बताए । उनले भने, ‘नबिल स्टक डिलरले पुँजी बजारलाई व्यवस्थित र गुणस्तरीय बनाउन महत्वपूण भूमिका खेल्ने छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर