सुर्तीजन्य पदार्थ प्रतिबन्धपछि काठमाडाैं नगर प्रहरी छड्के अनुगमनमा (तस्बिरहरू) – Nepal Press

सुर्तीजन्य पदार्थ प्रतिबन्धपछि काठमाडाैं नगर प्रहरी छड्के अनुगमनमा (तस्बिरहरू)

काठमाडाैं । बुधवारबाट सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको महानगरले आज बजार अनुगमन गरेको छ ।

महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको छ ।

नगर प्रहरीले आज विभिन्न क्षेत्रका किराना पसलहरूमा अनुगमन गरेको हो । फुटपाथ र केही पसलहरूमा सुर्तीजन्य पदार्थ भेटिएपछि महानगरले जफत पनि गरेको छ ।

प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो । महानगरले सार्वजनिक ठाउँ, विमानस्थल, सार्वजनिक शौचालय, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्धाश्रम, पसल, पार्कलगायत क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *