एमालेको मध्यपहाडी यात्रा- ओलीसहितका नेतालाई कोशीमा यसरी गरियो स्वागत (तस्बिरहरू) – Nepal Press

एमालेको मध्यपहाडी यात्रा- ओलीसहितका नेतालाई कोशीमा यसरी गरियो स्वागत (तस्बिरहरू)

विराटनगर । नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १३औं दिन शीर्ष टोली कोशी प्रवेश गरेको छ ।

रामेछापको मन्थलीबाट बिहान हिँडेको ओली नेतृत्वको टोली सिन्धुलीको विभिन्न ठाउँमा भेटघाट, सभा गर्दै केहीबेरअघि कोशी प्रवेश गरेको हो । यात्राको अन्तिम दिन पुस २ गते पाँचथरको चिवाभन्ज्याङसम्म अबका कार्यक्रम कोशी प्रदेशमै रहेको छ ।

एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडा, इन्चार्ज रघुवीर महासेठ, पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई, हिक्मत कार्कीलगायतले बहादुरे खोला पुलमा यात्रामा रहेको टोलीलाई स्वागत गरेका छन् । सोक्रममा विभिन्न जातजातीको झाँकीसमेत प्रस्तुत गरिएको थियो । नेताहरूलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट कार्यकर्ता, समर्थक र स्थानीय भेला भएका छन् ।

ओखलढुंगाको हर्कपुरमा सभा गरेर आजै संकल्प यात्रा खोटाङको हलेँसी हुँदै दिक्तेलमा बास बस्ने तालिका छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर