केको समिति ? कर छल्नेलाई तत्काल कारवाही हुनुपर्छ : रवि लामिछाने (भिडिओ) – Nepal Press

केको समिति ? कर छल्नेलाई तत्काल कारवाही हुनुपर्छ : रवि लामिछाने (भिडिओ)

‘एनसेलबारे अर्थमन्त्रीको अभिव्यक्ति प्रतिक्रिया दिन पनि लायक छैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्रीमा कर छल्नेमाथि तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् । उननले समिति गठनको आवश्यकता नै नरहेको तर्क गरे ।

आज रास्वपा बैठकपछि पत्रकारसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकप्रति पनि असन्तुष्टि जनाए ।

उनको भनाइ यस्तो थियोः

यो छानबिनको विषय अवश्य हो । तर, खरिदविक्री भएको हो कि होइन ? होइन भने किन बबाल गरेको ? हो भने त्यसवापत प्राप्त गर्नुपर्ने राजश्व राज्यले पायो कि पाएन ? गैरकानूनी हो कि होइन ? सर्वदलीय बैठक बस्ने कि कर छल्ने मान्छेलार्ई समाउने ? कर छलि भएको होइन ? किनबेच भएको होइन ? कर छल्दा तपाईंलाई के गरिन्छ ? केको समिति ? हो, यसमा को को जोडिएका छन् भनेर वृहत छानवन त हुनैपर्छ । तर कर छल्नेलाई तुरुन्तै कारवाही गर्नुपर्छ । अर्थमन्त्रीलाई थाहै छैन भन्ने सुनेँ । योजस्तो लज्जास्पद र हास्यास्पद के हुन्छ ? यो मुलुकमा जे गरे पनि हुन्छ भन्ने स्थापित गर्न खोजियो । अर्थमन्त्रीको अभिव्यक्ति त प्रतिक्रिया दिन पनि लायक छैन । 


प्रतिक्रिया

One thought on “केको समिति ? कर छल्नेलाई तत्काल कारवाही हुनुपर्छ : रवि लामिछाने (भिडिओ)

  1. खान पाएकाहरू बचाउमा, नपाएकाहरू शुरूमा विरोधमा खान पाएपछि बचाउमा ।धक्कु नलगाउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर